एनपीएलको विजेतालाई एक करोड ११ लाख रुपैयाँ पुरस्कार पाउने
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानीको लागि आवश्यक सबै कागजात र प्रमाण पेस गर्न आग्रह गरेको छ । अहिले कैयौँ दाबी कागजात र प्रमाण विनै परेकाले भुक्तानीमा समस्या परेको भन्दै समितिले कोरोना बीमा मापदण्डमा तोकिएअनुसारका कागजातसहित दाबी गर्न आग्रह गरेको हो ।
कोरोना बीमा भुक्तानी नपाएको भन्दै गुनासो बढिरहेको छ र अर्थ मन्त्रालयले पनि पटक–पटक ताकेका गरिरहेको छ । बीमा कम्पनीहरूले मापदण्डबाहिर रहेर भुक्तानी दिन नमिल्ने भएकाले सबै कागजात पेस गर्न अनुरोध गरेको कार्यकारी निर्देशन राजुरमण पौडेलेले जानकारी दिनुभयो ।
बीमा कम्पनीले एक लाख ५७ हजारभन्दा धेरैको कोरोना बीमा गरेकोमा अहिलेसम्म झण्डै ३४ हजार जनाले भुक्तानीको लागि दाबी गरेका छन् । ३४ हजार दाबीमध्ये १७ हजार दुई सय ३५ जनाको मात्रै सबै कागजात मिलेको र बुधबार (हिजो) सम्ममा आठ हजार एक सय ४५ जनाले भुक्तानी पाइसकेका समितिले जनाएको छ ।
सबै कागजात पूरा भए पनि नाै हजार ९० जनाको भुक्तानी गर्न बाँकी रहेको छ । १७ हजार दुई सय ३५ जनाको कागजातमध्ये चार हजार एक सय ५२ जनाको विवरण प्रमाणीकरणको लागि स्वास्थ्य मन्त्रलयमा पठाएकोमा जम्मा दुई हजार चार सय ९३ जनाको मात्रै प्रमाणित भएर आएको बीमा समितिले जनाएको छ ।
कागजात नपुगेका ११ सय ३६ वटा दाबीलाई फेरि निर्जीवन बीमा कम्पनीमै फिर्ता गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।