अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से बिहीबार ८ दशमलव २७ अङ्कले बढेर १९ सय ६४ दशमलव शून्य २ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केहीबेरसम्म घटेको नेप्से कारोबार बन्द हुने बेलामा भने केही सुधार भएको हो ।
बिहीबार विकास बैंक र जलविद्युत् बाहेक अरु समूहको शेयर सामान्य बढेको छ । बिहीबार जीवन बीमा समूहको शेयर २ सय ६ अङ्कले, उत्पादन समूहको शेयर १ सय १८ अङ्कले, निर्जीवन बीमा समूहको ७४, व्यापारको ३८, होटलको ३० र बैंकिङ समूहको शेयर ८ अङ्कले बढेको छ ।
बिहीबार दुई सय चार कम्पनीका ९८ लाख ८३ हजार कित्ता शेयर चार अर्ब १४ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३७ करोडभन्दा धेरैको कारोबार भएको छ ।
बिहीबार लिबर्टी इनर्जी कम्पनीका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।