कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या भएको छ ।
रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलालाई मइवान्दको हत्या भएको हो । कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आक्रमण गरेका थिए । आक्रमणमा उनका गाडी चालकको पनि ज्यान गएको बीबीसीले जनाएको छ । आक्रमण कसले गर्याे भन्ने पुष्टि भएको छैन ।
आक्रमणपछि आक्रमणकारी भागेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक अभियन्ता समेत रहेकी पत्रकार मइवान्दले पत्रकार महिलाको हकहितका लागि आवाज उठाउँदै आउनुभएको थियो । समाचार एजेन्सी रोयर्टसका अनुसार उहाँकी आमाको पनि पाँच वर्षअघि हत्या भएको थियो । अफगानिस्तानमा पछिल्लो समय पत्रकार, सामाजिक अभियन्ता र राजनीतिज्ञलाई लक्षित गरी आक्रमणका घटना भइरहेका छन् ।
२६ वर्षीया मलालाई मइवान्द अफगानिस्तानमा महिला र बाल अधिकारकाे बारेमा आवाज उठाउँदै आएकाे इनेकास टेलिभिजनकी प्रस्ताेता हुनुहुन्थ्याे । उहाँ रेडियाे र टेलिभिजनमा आबद्ध महिलाहरूकाे अन्तर्राष्ट्रिय सङ्घ (आईएडब्ल्यूआरटी) र अन्य नागरिक समाज समूहकी क्रियाशील सदस्य हुन्हुन्थ्याे, उहाँमाथि केही समयअघि देखि केही समूहले धम्की दिँदै आएका थिए ।
मइवान्दा अफगानिस्तानमा मध्य नाेभेम्बरयता ज्यान गुमाउने दाेस्राे पत्रकार महिला हुनुहुन्छ । गएकाे नाेभेम्बर १२ मा अलआस देईकाे हेलमन्द प्रान्तमा बम आक्रमणमा ज्यान गएकाे थियाे ।
आईएडब्ल्यूआरटीले फिलिपिन्समा आफ्नी जनसम्पर्क अधिकारी आन सलीमकाे गिरफ्तारीकाे पनि विराेध गरेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।