ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सङ्खुवासभा – लोपोन्मुख जातिको सूचीमा रहेको लोहोरुङ भाषाको अभिलेखीकरण सुरु भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका ४ गैरीपाम्मा पुगेको भाषा आयोगको टोलीले अभिलेखीकरणको काम सुरु गरेको हो । टोलीले लोहोरुङ भाषाका सरोकारवालाबीच छलफल र अन्तर्क्रिया गर्नेछ ।
१० हजारभन्दा कम जनसङ्ख्या रहेको लोपोन्मुख जातिमा रहेका राई थरभित्रको लोहोरुङ भाषाको संरक्षणका लागि संवैधानिक निकाय भाषा आयोगले कार्यक्रम गरेको हो । स्थलगत र सरोकारवालाबीच छलफल गरेर मात्रै अघिलेखीकरण गर्ने भाषा आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिनुभयो ।
देशभर बोलिने एक सय २३ वटा भाषाभाषीमध्ये लोपोन्मुख जातिमा रहेको लोहोरुङ जातिको भाषाको संरक्षण, संवर्द्धन गर्न अघिल्लो वर्ष लोहोरुङ भाषाको वर्ण विन्यासलगायतको काम सकिएको र यो वर्ष स्थलगत रूपमा अध्ययन अनुसन्धानपछि पाठ्यक्रम तयार पार्ने योजना रहेको पनि बताउनुभयो ।
लोहोरुङ आदिवासी जनजातिभित्रको राईभित्रको उपथर हो । लोहोरुङ जातिको उद्गम स्थल सङ्खुवासभा जिल्लालाई नै मानिन्छ । लोहोरुङ भाषीहरू खाँदबारी नगरपालिका ४ काे गैरीपाम्मा, लोकेपाम्मा र डाँडापाम्मा बसोबास गर्ने गरेको पाइन्छ ।
त्यसका साथै सङ्खुवासभाको हेलुवा, खर्तुवा, दिदिङ्ग, मकालुलगायतका ठाउँमा समेत बसोबास गर्ने गरेको पाइन्छ । पछिल्लो समयमा यही ठाउँबाट विभिन्न कामको सिलसिलामा धरान, इटहरी, विराटनगर, काठमाण्डौ र देशबाहिर बेलायत, हङकङ र सिङ्गापुरमा समेत लोहोरुङ भाषीहरूको बसोबास पाइएको लोहोरुङ राई समाजले जनाएको छ ।
भाषा आयोगका कर्मचारीको टोलीसँगै लोहोरुङ जातिको बारेमा अध्ययन र अनुसन्धान गर्न भाषाविज्ञ डाक्टर कैलाशकुमार राई, अनुसन्धानकर्ता मिना राईसमेत हुनुहुन्छ । मातृभाषाको माया नगर्दा लोहोरुङ भाषा हराउँदै गएको लोहोरुङ राई समाजका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर लोहोरुङले बताउनुभयो ।
२०६८ सालको जनगणना अनुसार तीन हजार पाँच सय मात्रै लोहोरुङ भाषी रहेको तथ्याङ्क छ । तर अहिले पाँच हजारभन्दा बढी लोहोरुङ भाषीहरू रहेको अध्यक्ष राईले दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।
Mr. Santa Rai
Dec. 14, 2020, 9:32 p.m.Reporter Nabin ji, You have to correct the name of chairman. His name is Chitra Bahadur Rai, not Chandra Bahadur. Others are good to read.
Anish Rai
Dec. 14, 2020, 5:37 p.m.राम्रो समाचार छापी दिनु भएकोमा नबिन जि लाई धन्यवाद ! । केही मैले देखेका -केन्द्रिय अध्यक्ष्य त चन्द्र बहादुर कि चित्र बहादुर हो? चन्द्र बहादुर लेखेको छ त। अनी धनकुटा , सिक्किममा पनि छन भनेर त लेखेको पइएन है।