कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्न युरोपेली संघ र बेलायतबीच सहमति भएको छ ।
डिसेम्बर ३१ सम्म सम्झौता हुन नसकेमा विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको बताउनुभएको छ । दुवै जनाबीच सुल्झिन बाँकी केही मुद्दामा पनि कुराकानी भएको बीबीसीले जनाएको छ ।
जोनसन र फोन डेर लायनले यी विषय सुल्झाउनका लागि थप वार्ता गर्ने कि नगर्ने भनेर हिजोसम्मको समय तोकिएको थियो । यद्यपि बेलायतका विदेशमन्त्री डोमिनिक राबले वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताउनुभएको थियो ।
बेलायत र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गएको मार्च महिनादेखि वार्ता भइरहेको छ र सङ्क्रमणकालीन समय डिसेम्बरको अन्त्यमा सकिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।