चिनी मिल सञ्चालककाे आराेप : ‘माइतीघरमा आन्दाेलन गर्ने उखु किसान हाेइनन्, बिचाैलिया हुन्’

 मंसिर २९, २०७७ सोमबार २०:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिनी उद्योगीहरूले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका छन् । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरूले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरू उखु किसान नभएको बताएका हुन् ।

मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री भट्टले उद्योगीहरूले आन्दोलन गर्न आउने व्यक्तिहरू उखु किसान नभएर बिचौलिया भएको बताएको बताउनुभयो । बिचौलियाहरूले वास्तविक किसानसँग सस्तोमा भौचर खरिद गरी आन्दोलन गर्न आएको उद्योगीहरूले बताएको मन्त्री भट्टले बताउनुभयो ।

उद्योगीहरूले सुरुमा किसानलाई भुक्तानी दिएर पछि मात्रै बिचौलियाहरूलाई भुक्तानी गर्ने बताएको पनि पत्रकारहरूलाई सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘किसानको नाममा आउने, किसानलाई नै ठग्ने प्रकृतिका बिचौलियाहरू पनि रहेछन् भन्ने उहाँहरूबाटै थाहा पाएँ । सय रुपैयाँको भौचर छ भने ५० रुपैयाँमा किन्ने र यहाँ आएर माइतीघर मण्डलामा बस्ने किसान सङ्घर्ष समितिको नाममा व्यापार गर्ने मिल मालिकहरूले आरोप लगाएका छन् । त्यसबारेमा मन्त्रालयले पनि अध्ययन गरिराखेकाे छ ।’

मन्त्री भट्टले मङ्गलबार बिहान गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा उद्योग मन्त्रालय र कृषि मन्त्रालय बसेर छलफल गरी रणनीति बनाउन लागेको पनि मन्त्री भट्टले बताउनुभयो । उहाँले अहिले किसानलाई भुक्तानी दिने सम्बन्धमा इन्द्रा सुगर मिल्स, अन्नपूर्ण सुगर मिल्स र श्रीराम सुगर मिल्ससँग समस्या भएको पनि बताउनुभयो ।  

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया