नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तानलाई १ सय ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - अमेरिकी इलेक्टाेरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि गरेका छन् ।
योसँगै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको जितले औपचारिकताको अन्तिम चरण पूरा गरेको छ । अब बाइडेनको जितले आधिकारिकता पाएको छ । गएको नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल मत पाउनु भएको थियो ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाउनु भएको थियो । अमेरिकी प्रणालीअनुसार मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोरल कलेज सदस्यहरुले राष्ट्रपतिका लागि मत दिन्छन् । राष्ट्रपति ट्रम्पले भने चुनावी परिणाम स्वीकार गर्नु भएको छैन ।
उहाँले चुनावमा धाँधली भएको आरोप लगाउँदै आउनु भएको छ । तर अदालतले यो आरोपमा कुनै सत्यता नभएको भन्दै उजुरी खारेज गरिदिएको छ । राष्ट्रपतिमा निर्वाचित बाइडेनले अब आउँदो जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ लिनु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।