प्रचण्ड–नेपाल पक्षको भेला खुमलटारमा सुरु

 मंसिर ३०, २०७७ मंगलबार १७:११:० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट विरोध सुरु भएको छ । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले अध्यादेशको विरोध गरेका छन् । अध्यादेशबारे छलफल गर्न प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु अहिले प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् । 

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताले सरकारको कदमबारे छलफल गरिरहेको खुमलटार स्रोतले जनाएको छ ।  

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया