भुक्तानीको ग्यारेन्टी नभएसम्म सरकारले बोलाएको वार्तामा उखु किसान नजाने

 पुष १, २०७७ बुधबार ९:३९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले बोलाएको वार्तामा नजाने उखु किसानले बताएका छन् ।

उखुको भुक्तानी नपाएर आन्दोलनमा उत्रिएका उखु किसानको समस्या समाधानका लागि सरकारले वार्ताका लागि हिजो पत्र पठाएको थियो । तर, किसानले रकम भुक्तानीको ग्यारेन्टी नभएसम्म वार्तामा नजाने अडान लिएका छन् ।

आज पनि काठमाण्डौको माइतीघर मण्डलामा ११ बजेदेखि आफ्नो आन्दोलनलाई निरन्तरता दिने उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताउनुभयो । उहाँले पटक–पटक वार्ता गर्दै आश्वासन दिने तर, भुक्तानी नगर्ने प्रवृत्ति देखिएकाले आन्दोलन छाडेर किसानहरु वार्तामा नबस्ने बताउनुभयो ।

हिजो गृह मन्त्रालयले भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न भनेको छ भने उद्योग मन्त्रालयले कारबाही गर्ने जनाएको छ । तर, सरकारको कुरामा विश्वास नभएको भन्दै सडक संघर्षलाई निरन्तरता दिने किसानहरुले बताएका छन् ।

सरकारले निश्चित मिति तोके त्यही मितिसम्म सडकमा आन्दोलन गर्ने र पैसा पाएपछि घर फर्किने वा किसानले पाउनु पर्ने रकम कुनै सरकारी कोषबाट उपलब्ध गराएर पछि उद्योगीबाट सरकारले पैसा असुल्नुपर्ने उनीहरुको शर्त छ । उखु किसानले गएको आइतबारदेखि माइतीघर मण्डलमा आन्दोलन गरिरहेका छन् ।

पोहोर आन्दोलन पछि रकम भुक्तानीका लागि सरकारसँग भएको सम्झौता पालना नभएको भन्दै उनीहरूले फेरि दोस्रो पटक आन्दोलन थालेका हुन् । किसानले झण्डै ८९ करोड रुपैयाँ चिनी मिलबाट भुक्तानी पाउन बाँकी रहेको दावी गरेका छन् ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया