संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर

 पुष १, २०७७ बुधबार १२:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर भएको छ ।

अधिवक्ता ओम प्रकाश अर्यालले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । प्रधानमन्त्रीले ल्याएको अध्यादेश संविधानको मर्म विपरित रहेको अधिवक्ता अर्यालको दावी छ । उहाँकाे निवेदन दर्ताकै क्रममा छ ।

हिजो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको थियो । अध्यादेशको चौतर्फी आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया