बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

 पुष १, २०७७ बुधबार १४:०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भइ नसक्नुभएकाे स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिनुभयाे ।

स्थायी कमिटी बैठक सुरु हुनुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा दुई जना अध्यक्षबीच छलफल भएको हो ।

सरकारले मङ्गलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप बढेको छ । अध्यादेश सम्बन्धमा आफ्नै पार्टीका देखि प्रतिपक्षीलगायतले विरोध गरेका छन् ।

बुधबारकाे स्थायी कमिटी बैठकमा यो विषयले पनि प्रवेश पाउने अनुमान गरिएको छ । अध्यादेश आएपछि प्रचण्डसहित सचिवालयका बहुमत सदस्य असन्तुष्ट बनेका छन् । ओलीले पार्टीमा परामर्श नै नगरि ल्याएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

पार्टीभित्र देखिएको अन्तर्विरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन् चर्किएको हो ।  

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • प्रकाश जि सि

    Dec. 16, 2020, 2:04 p.m.

    राजनितिमा नैतिकता रहेन।

  •  0 Reply

तपाईको प्रतिक्रिया