दुई अध्यक्षले दोस्रो पटक छलफल गरेपछि नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

 पुष १, २०७७ बुधबार १६:४०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेपछि सुरु भएको नेताहरूले बताएका छन् ।

स्थायी कमिटी बैठक बस्नुअघि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । दुई अध्यक्षबीच दोस्रो पटक छलफल भएपछि प्रधानमन्त्री ओली बैठक बस्न सहमत हुनुभएको र ४ बजेपछि बैठक बसेको नेकपा स्रोतले जनाएको छ ।

१ बजेका लागि तय भएको बैठक रोकेर केही नेताहरूले दुई अध्यक्षलाई मिलाउने प्रयास गरेका थिए । दुई अध्यक्षबीचको वार्तामा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, शङ्कर पोखरेल र घनश्याम भुसाल पनि सहभागी भएका थिए ।

गएको २१ र २८ गतेको स्थायी कमिटी बैठककै निरन्तरता स्वरूप बुधबारकाे बैठक सुरु भएको हो । यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भएको भए पनि ओलीले अस्वीकार गरेपछि बैठक प्रभावित हुँदै आएको थियो ।

यसैबीच बुधबार प्रचण्ड–माधव नेपाल समूहका केही नेता ८० जना सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका थिए । संसद्को विशेष अधिवेशन माग गर्दै नेता भीम रावल, पम्फा भुसाललगायत नेताहरू राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् ।

तर शितल निवासले भने त्यसलाई दर्ता गर्न नमानेको बताइएकाे छ । राष्ट्रपतिको कार्यालय शितल निवासले जनाएको छ । मङ्गलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु भएसँगै नेकपाभित्रको विवाद झन् बढेको छ । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया