अध्यादेश फिर्ता लिन ओली तयार, विशेष अधिवेशनका लागि निवेदन दर्ता नहुने

 पुष १, २०७७ बुधबार १७:२६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने र विशेष अधिवेशनका लागि पनि निवेदन दर्ता नगर्ने सहमति भएपछि उहाँ बैठकमा सहभागी हुनुभएको हो । यससँगै भदाै २६ गतेपछिका सबै निर्णय फिर्ता लिने सहमति भएकाे छ । 

बुधबार मात्रै दुई पटक दुई अध्यक्षको छलफल भएपछि यस्तो सहमति भएको नेकपा स्रोतले जनाएको छ । बुधबारकाे स्थायी कमिटी बैठकमा छलफल गरेर अध्यादेश फिर्ता गर्न माग गर्ने नेताहरूले तयारी गरेपछि दुई अध्यक्षबीच यस्तो सहमति भएको हो । याे सहमतिसँगै ओली बैठकमा सहभागी भएपछि दुई अध्यक्षबीचको सम्बन्ध केही सुधार हुने अपेक्षा गरिएको छ ।

यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भए पनि ओलीले अस्वीकार गरेपछि बैठक प्रभावित हुँदै आएको थियो । प्रचण्ड–माधव नेपाल समूहका केही नेता विशेष अधिवेशनका लागि ८० जना सांसदको हस्ताक्षर बुझाउन राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया