वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गर्न उ...
पुस २५, २०८१ बिहिबार
खोटाङ – खोटाङमा टेन्ट टाँगेर जङ्गलमा बसिरहेको अवस्थामा विप्लव समूहका कार्यकर्ता पक्राउ परेका छन् । साकेला गाउँपालिका १ बाँझेच्यानडाँडाको सेखुवामा रहेको खलेबारी जङ्गलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सोलुखुम्बु सोताङ गाउँपालिका ४ घोंदरेका २२ वर्षीय केवी तामाङ बागध्वजलाई पक्राउ गरेको हो ।
उनलाई रातको समयमा भरुवा बन्दुक, राइफल तथा पेस्तोलका गोली, बारुद, छर्रालगायत बन्दोबस्तीका सामानसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद चिमरियाले बताउनुभयो ।
जङ्गलमा सेल्टर बनाएको सूचनाका आधारमा छापा मार्दा मङ्गलबार एक नाल भरुवा बन्दुक, पेस्तोल तथा राइफलको ७३ राउण्ड गोली, भरुवा बन्दुकमा लाग्ने छरुवा तथा बारुद, विभिन्न कम्पनीका सिमसहितका मोबाइल, प्रयोगमा ल्याइसकिएको खुला सिम १७ थान, प्रयोगमा ल्याउन बाँकी अर्थात् नखोलिएका सिम १२ थान, भिर्ने झोला चार थान, कम्मरमा बाँध्ने झोला दुई थान, दुई वटा ट्याङ्कलगायतका बन्दोबस्तीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि हात हतियार खर खजना तथा राज्यविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको डीएसपी चिमरियाले बताउनुभयो । रातको समयमा टेन्ट हालेर सेल्टर लिने गरेको आधारमा छापा हानिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।