आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाले कर्जाको अग्रिम भुक्तानी गर्दा वा एउटा बैंकबाट अर्कोमा सार्दा लाग्ने शुल्क बढेको छ ।
नेपाल राष्ट्र बैंकले हिजो नयाँ निर्देशिका सार्वजनिक गर्दै नयाँ शुल्क सार्वजनिक गरेको छ । कर्जा प्रवाह भएको २ वर्षभित्र कर्जाको अग्रिम भुक्तानी वा स्वाप भएमा बैंकहरुले शतप्रतिशत सेवा शुल्क लिन पाउनेछन् । वाणिज्य बैंकले शून्य दशलमव ७५ प्रतिशत, विकास बैंकले एक प्रतिशत र वित्त कम्पनीले एक दशमलव २५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने भएका छन् ।
दुई वर्षदेखि ५ वर्षभित्र कर्जा चुक्ता वा स्वाप भएमा ५० प्रतिशत अर्थात् वाणिज्य बैंकले शून्य दशमलव ३७ प्रतिशत, विकास बैंकले शून्य दशमलव पाँच प्रतिशत र वित्त कम्पनीले शून्य दशमलव ६२ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने भएका छन् । पाँच वर्षपछि भुक्तानी वा स्वाप भएमा भने वाणिज्य बैंकले शून्य दशलमव १५ प्रतिशत, विकास बैंकले शून्य दशमलव २० प्रतिशत र वित्त कम्पनीले शून्य दशमलव २५ प्रतिशतसम्म लिन पाउनेछन् ।
स्थिर ब्याजदरमा प्रवाह भएका आवधिक कर्जामा पनि बैंकहरूले ऋणीसँगको सहमतिमा कर्जा स्वीकृतिपत्रमा उल्लेख भएबमोजम सेवा शुल्कको शतप्रतिशत अग्रिम भुक्तानी शुल्क वा स्वाप शुल्क लिन सक्ने भएका छन् । यस्तै राष्ट्र बैंकले सेयर धितोमा कर्जा दिँदा धितोपत्रको मूल्य आम्दानी अनुपात, बुक भ्यालु अनुपात, लाभांश प्रतिलब्धिदर, लाभांश भुक्तानी दरसमेतको विश्लेषण गर्न अनिवार्य गरेको छ ।
धितोमा राखिने सेयरले प्राप्त गर्ने यकिन भएको हकप्रद र बोनस सेयर सूचीकरण नभए पनि धितोमा गणना गर्न सकिने व्यवस्थामा रोक्का गरेपछि मात्रै कर्जा प्रवाह गर्नसमेत निर्देशन दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।