यो हप्ता सुनको भाउ १८ सय रुपैयाँले बढ्यो

 पुष ३, २०७७ शुक्रबार १२:३३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८ सय रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको अस्थिरताका कारण सुनको भाउमा उतारचढाव आइरहेको छ । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १८ सय रुपैयाँले बढेको छ ।

हप्ताको पहिलो दिन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हप्ताको अन्तिम दिन शुक्रबार आज ९४ हजार ३ सय रुपैयाँमा पुगेको छ । यस्तै यो हप्ता चाँदी पनि तोलामा ८० रुपैयाँले बढेको छ ।

गएको आइतबार तोलाको १२ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ८० रुपैयाँ पुगेको छ । यो भाउ हिजोकोभन्दा २५ रुपैयाँले धेरै हो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया