सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
काठमाण्डौ – मलेसियामा रहेका नेपाली श्रमिकहरुले आफ्नो मानव अधिकार उलंघन भएको खण्डमा न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग मलेसिया (सुहाकाम)मा उजुरी गर्न सक्ने भएका छन् ।
विश्व आप्रवासन दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार आयोग मलेसियाबीच भएको एक सहमतिले यस्तो व्यवस्था गरेको हो । नेपाल तथा मलेसियामा रहेका दुवै देशका आप्रवासी श्रमिकहरुको मानव अधिकार उल्लंघन भएको अवस्थामा उजुरी ग्रहण गर्ने, दुई आयोगबीच उजुरी प्रेषण तथा सूचना आदान प्रदान, अनुगमन लगायतका विषयहरुमा प्राथमिकताका साथ कार्य गर्ने सहमति भएको छ ।
समझदारी पत्रका अनुसार समस्यामा परेका कुनै पनि आप्रवासी नेपाली श्रमिकले राष्ट्रिय मानव अधिकार आयोग मलेसियामा उजुरी गर्न सक्नेछन् । नेपाली आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षणका लागि २०१९ को नोभेम्बर १४ मा दुई आयोगबीच भएको समझदारीपत्र २०२० डिसेम्बर १७ बाट लागू हुने गरी पुनः एक वर्षको समयावधि थप हुने गरी हस्ताक्षर भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।