कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - मास्क नलगाउने अडानबाट स्वीडेन सरकार पछि हटेको छ ।
सार्वजनिक गाडीमा यात्रा गर्दा मास्क लगाउन स्वीडेन सरकारले आफ्ना नागरिकलाई आग्रह गरेको छ ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि यसअघि मास्कको पक्षमा नरहेको स्वीडेन सरकारले गाडीमा यात्रा गर्दा मास्क लगाउन अपिल गरेको बीबीसीको खबरमा उल्लेख छ ।
यस्तै, अन्य क्षेत्रमा पनि नयाँ नियम लागू हुने स्वीडेन सरकारले जनाएको छ । प्रधानमन्त्री स्टेफन लोफ्भेनले नयाँ नियम चाँडै नै लागू हुने बताउनुभएको छ । स्वीडेनले अहिलेसम्म पूर्णरुपमा लकडाउन नगरे पनि सङ्क्रमण बढ्दै गएपछि केही कडाइ भने गरेको छ ।
यसअघि स्वीडेन सरकारले स्वास्थ्य संस्थाबाहेक अरु क्षेत्रमा मास्क प्रयोग गर्न नपर्ने बताउँदै आएको थियो । विश्व स्वास्थ्य संगठनले मास्क लगाउन भने पनि स्वीडेनले मास्क लगाउनुपर्ने कुरालाई मानेको थिएन । स्वीडेनमा अहिलेसम्म तीन लाख ६० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । झण्डै ८ हजार नागरिकको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।