आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।
प्रचण्ड र ओलीबीच झण्डै डेढ घण्टा खुमलटारमा छलफल भएको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष प्रचण्डलाई भेट्न बिहान उहाँकै निवास खुमलटार पुग्नुभएको थियो । दुई अध्यक्षबीच छलफल भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनुभएको थियो ।
स्थायी कमिटी बैठकको अघिल्लो दिन प्रचण्डलाई भेट्न ओली उहाँकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा स्थायी कमिटीको अर्को बैठक भोलि बस्दैछ । तर छलफल र सहमतिबारे खुलाइएको छैन । पार्टीभित्रको विवाद समाधानबारे यसअघि हिजो पनि ओली र प्रचण्डबीच छलफल भएको थियो ।
प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा पछिल्लो पटक नेकपाभित्र विवाद छ ।
यसअघि बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखेर पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको समावेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
kishor kumar bhattarai
Dec. 19, 2020, 5:02 p.m.एउटै हुनु र रहनुमा अर्थ छ तर जुन लडाइ अहिले भै रहेको छ त्यसले नेकपालाई राम्रो गर्दैन है हाम्रा अति आदरणीय नेकपा नेता हरु ।