आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै - चिसो बढेसँगै अहिले देशभरको जनजीवन प्रभावित भएको छ ।
अहिले तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । लगातार हुस्सु लागे पनि शीतलहर भने सुरु भइनसकेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । तराईका जिल्लाहरुमा तापक्रम घट्दो क्रममा रहेको र निरन्तर हुस्सु लागिरहे तत्काल शीतलहर हुने सम्भावना बढेको उहाँको भनाइ छ ।
हिजो तराईका जिल्लामध्ये सबैभन्दा कम बाराको सिमरामा तापक्रम ४.५ डिग्रीमा झरेको थियो । केही दिनयता तराईका जिल्लाहरुमा दिनभरजसो हुस्सु लाग्ने र दिउँसोपछि बिस्तारै हटेर जाने गरेको छ । सामान्यतया ४८ घण्टासम्म घाम नदेखिने गरी बाक्लो हुस्सु र कुहिरो लाग्नुलाई शीतलहर भएको बुझिन्छ । यस्तै काठमाण्डौ उपत्यकामा आज तापक्रम बढे पनि बाक्लो कुहिरो लागेकाले भिजिबिलिटी कम भएको छ ।
आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । नेपालमा अहिले उत्तर-पश्चिमी वायुको प्रभाव रहेका कारण प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बद्ली रहेको छ । बाँकी भू-भागमा मौसम सफा रहेको छ ।
आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बद्ली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ । त्यस्तै, आज राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बद्ली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।