१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नुभएको छ ।
केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गर्नुभएको हो । यसैबीच, आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि अन्योलमा परेको छ । घटनाक्रमले अर्कै मोड लिएकाले आजका लागि तय भएको बैठक अन्योलमा परेको प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सहमत भए पनि अहिलेसम्म अध्यादेश फिर्ता हुन सकिरहेको छैन । अध्यादेश फिर्ताका लागि अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।