१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - संसद विघटनको लागि गरिएको सिफारिसलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्थिरताको पराकाष्ठा भएको प्रतिक्रिया दिएको छ ।
प्रधानमन्त्रीको यस्तो कदम अस्थिरताको पराकाष्ठा भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । उज्यालोसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री ओलीले संसद विघटनका लागि गरेको सिफारिस लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभयो । प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको यस्तो कदमप्रति नेपाली कांग्रेसले कडा प्रतिवाद गर्नेसमेत बताउनुभयो ।
कांग्रेसले राजनीतिक रुपमै प्रतिवाद गर्ने दाबी गर्नुभयो । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्रीले संसद विघटनका लागि सिफारिस गर्नुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।