१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भइरहेका छन् ।
पूर्व निर्धारित स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भएको नेतृ अष्टलक्ष्मी शाक्यले उज्यालोलाई जानकारी दिनुभयो । आजको बैठकमा पूर्व निर्धारित एजेण्डामा छलफल नहुने, प्रधानमन्त्री ओलीको पछिल्लो कदमबारे छलफल हुने र प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने उहाँले जानकारी दिनुभयो ।
‘देशलाई नै अफ्ठ्याराेमा पार्ने गरि उहाँले कदम चाल्नुभयो, बैठकमा चुप लागेर बस्ने कुरा भएन, उहाँलाई कारबाहीको प्रस्ताव पनि हुन सक्छ’, नेतृ शाक्यले भन्नुभयो ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हाे ।
पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।