बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक चल्दै

 पुष ५, २०७७ आइतबार १४:५२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

बालुवाटारमा भइरहेको बैठकमा संसद् विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमबारे छलफल भइरहेको र प्रधानमन्त्रीलाई कारबाहीको पनि सिफारिस हुन सक्ने नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको थियोे । उहाँको प्रस्तावलाई राष्ट्रपति  कार्यालयले स्वीकृत गरी २०७८ सालको वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणको आम चुनाव गर्ने घोषणा गरेको छ । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया