आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि हुने सम्भावित घटनालाई मध्यनजर गर्दै काठमाण्डौमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएका छन् ।
सिंहदरबारको चारैतर्फका सडक, माइतीघर, नयाँ बानेश्वर, बालुवाटार, शीतल निवास, निर्वाचन आयोग वरपर र भिडभाड हुने अन्य ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । सुरक्षा अवस्थालाई हेरेर सुरक्षाकर्मीको उपस्थिति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ ।
यसैबीच संसद् विघटनपछिको अवस्थाबारे आइतबार दिउँसो सैनिक मुख्यालय भद्रकालीमा छलफल भएको छ । देशैभरका पृतना, गुल्म तथा ब्यारेकलाई चनाखो रहन मुख्यालयले सूचना पठाएको सैनिक स्रोतले जनाएको छ ।
सरकारबाट आउने निर्देशनअनुसार परिचालनको लागि तयारी अवस्थामा रहेको पनि सैनिक स्रोतको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।