आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका मन्त्रीहरुले सरकारी गाडी सम्बन्धित मन्त्रालयमा बुझाएका छन् ।
आइतबार दिउँसो राजीनामा दिनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले सरकारी गाडी दिउँसै मन्त्रालयमा बुझाउनुभएको छ । उहाँले राजीनामा दिएपछि सरकारी गाडी मन्त्रालयमै छाडेर स्थायी कमिटीको बैठकको लागि निजी गाडीमा बालुवाटार जानुभएको थियो ।
मन्त्री पुन आज साँझ नै मन्त्री निवास पुल्चोकबाट आफ्नो डेरा बालुवाटार सर्ने प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । अहिले मन्त्री पुनका सामान ओसार्ने काम भइरहेको छ ।
आइतबार नै राजीनामा दिनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि दुई वटै गाडी मन्त्रालयमा बुझाउनुभएको छ । गाडी मन्त्रालयमा बुझाएर उहाँ निजी गाडीमा मन्त्री निवासमा फर्किएको स्वकीय सचिव प्रेम गुरागाईँले जानकारी दिनुभयो ।
राजीनामा दिएका अरू मन्त्रीले पनि गाडी फिर्ता गर्ने मन्त्री निवास छाड्ने तयारी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।