च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले गरेको संसद् विघटन असंवैधानिक र आलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।
आइतबार धुम्बाराहीमा रहेकाे पार्टी कार्यालयमा बसेको कार्य व्यवस्थापन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसद् विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको निष्कर्ष निकालिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जुनसुकै लोकतान्त्रिक व्यवस्थामा पनि संविधानले कार्यकारीको अधिकारमाथि विभिन्न बार, बन्देज लगाएको छ । त्यो बार, बन्देजभित्र रहेर कार्यकारीले काम गर्नुपर्ने हुन्छ । अहिले प्रधानमन्त्रीले ती बार, बन्देज सबै तोडनुभएको छ । संविधानले नदिएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्ने काम राष्ट्रपतिको सहमतिमा भएको छ त्यो असंवैधानिक हो, अलोकतान्त्रिक हो र प्रतिगामी छ ।’
राप्रपाले सरकारको यो कदमलाई आउँदाे सङ्घर्षका कार्यक्रममा मुख्य एजेण्डाका रूपमा लिएर जाने पनि लाेहनीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो विरोधका कार्यक्रम छँदैछन् । त्यसमा पनि मुख्य एजेण्डाका रूपमा लिएर जान्छौँ । त्यो प्रतिगामी कदम हो । अलोकतान्त्रिक कदम हो र यसले गर्दा यो संविधानलाई असफल बनाउने दिशामा उहाँहरू हिँड्नु भएको छ । देशलाई अराजकतातिर र अशान्तिको बाटोमा लिएर जान खोज्नु भएको छ । त्यसैले एउटा समय आएको छ, अब हामी सबै दल बसेर यो संविधानका कमजोरीहरू के–के हुन्, त्यसको बारेमा पनि छलफल गरेर निचोडमा पुग्नुपर्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।