तिमल्सिना र रम्तेलद्वारा पद अस्वीकार

 पुष ६, २०७७ सोमबार ६:१९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - समावेशी आयोगको सदस्यमा सिफारिस हुनुभएका रामकृष्ण तिमल्सिनाले पद अस्वीकार गर्नुभएको छ ।

संवैधानिक परिषद्ले आयोगको सदस्यमा सिफारिस गरे पनि आइतबार तिमल्सिनाले आफ्नो फेसबुकमार्फत् पद अस्वीकारको घोषणा गर्नुभएको हो । तिमल्सिनाले आफ्नो इच्छाबिना नै राजनीतिक नियुक्ति दिइएको भन्दै आयोगको सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताउनुभएको छ । तिमल्सिना सर्वाेच्च अदालतका पूर्व रजिस्ट्रार समेत रहनुभएको छ ।

उहाँ भन्नुहुन्छ, ‘समावेशी आयोगको सदस्य पदमा मेरो नाम सिफारिस भएको भन्ने पत्रपत्रिकाबाट थाहा पाएँ । मैले यस पदमा काम गर्न कुनै इच्छा कसैलाई व्यक्त गरेको पनि छैन । यस पदमा जाने मेरो रहर पनि छैन ।’ 

यस्तै राष्ट्रिय दलित आयोगका सदस्य परशुराम रम्तेलले पनि पद अस्वीकार गर्नुभएको छ । नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको रम्तेलको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार रम्तेलले आफ्नो सहमतिबिना नै नाम सिफारिस भएको बताउनुभएको छ ।

‘राष्ट्रिय दलित आयोगको सदस्यमा मेरो नाम पनि उल्लेख भएको छ, ‘सहमति विपरीत नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको संवैधानिक सिफारिसको र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु’ उहाँले उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया