युरोपेली केही राष्ट्रद्वारा बेलायतमा यात्रा प्रतिबन्ध : केही ठाउँमा फेरि लकडाउनको घोषणा

 पुष ६, २०७७ सोमबार ७:४४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोपेली केही राष्ट्रले बेलायतमा यात्राको प्रतिबन्ध लगाएका छन् ।

बेलायतमा कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेसँगै यात्रामा प्रतिबन्ध लगाइएको हो । आयरल्याण्ड, जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स बेल्जियमलगायतले बेलायतसँगको हवाई उडान र यात्रामा प्रतिबन्ध लगाएका  छन् । युरोपेली युनियनले यस विषयमा समन्वय गर्न आज बिहान छलफल गर्ने भएको छ ।

कोरोनाको नयाँ सङ्क्रमण लण्डन र इङ्ग्ल्याण्डमा फैलिरहेको छ । यसलाई मध्यनजर गर्दै  युरोपका धेरैजसो देशले लकडाउनको योजना सार्वजनिक गरेका छन् । बेलायतमा बढ्दै गएको कोरोना भाइरसको नयाँ सङ्क्रमणलाई कम गर्न लकडाउन गर्नु परेको बेलायती अधिकारीले बताएका छन् । बेलायतले पनि चौथो चरणको प्रतिबन्धात्मक नियम  लागू गरेको छ ।

बेलायतले सबै नागरिकलाई घरमै बस्न भनेकाे छ । बेलायत सरकारले आउँदाे क्रिसमस तथा नयाँ वर्षका अवसरमा धेरै भीडभाड हुनसक्ने सम्भावना रहेकोले नागरिकलाई घरबाट ननिस्कन आग्रह गरेको छ । कोरोना भाइरसको तेश्रो लहर सुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमानाका बन्द गरिएको छ ।

इटलीमा पनि आजदेखि १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गराइएको छ । अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमस नजिकिएकाले यस्तो बेला भीडभाड हुने र सङ्क्रमण झन् फैलने भन्दै कडाइ गरिएको हो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया