च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल थाल्नु भएको छ ।
केहीबेर अघिदेखि प्रधानमन्त्री निकास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।
बैठकमा प्रतिनिधिसभा भङ्ग भएपछिको अवस्था र घोषणा गरिएको मध्यावधि चुनावको विषयमा छलफल भइरहेको छ । ओली निकटका नेताले प्रतिनिधिसभा विघटन गर्नु बाध्यात्मक परिस्थिति भन्दै आएका छन् ।
हिजो मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गर्दै आउँदो वैशाख १७ र २७ गते चुनावको घोषणा गर्नु भएको थियो।
प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा नेपाली कांग्रेससहित विपक्षी दल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै असन्तुष्ट पक्षले आज छुट्टाछुट्टै छलफल गर्दै छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।