संसद् विघटनको विरुद्धमा सर्वोच्चमा नाै वटा रिट, दर्ताको लागि प्रक्रिया चल्दै

 पुष ६, २०७७ सोमबार १३:५१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसद् विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ । आइतबार दुई वटा रिट प्राप्त भएकोमा सोमबार दिउँसोसम्म सात वटा आइसकेको र अझै पनि आउने क्रम चलिरहेको प्रवक्ता भद्रकाली पोखरेलले उज्यालोलाई जानकारी दिनुभयो ।

सर्वोच्चमा आएका रिट दर्ताको लागि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो । प्रक्रिया पूरा भएका रिट दर्ताको प्रक्रियामा रहेको पोखरेलको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने प्रस्ताव स्वीकृत गर्नुभएको छ । यसको विरोधमा सडकमा प्रदर्शन सुरु भएको छ भने कानुन व्यवसायी र अधिकारकर्मीले सर्वोच्चमा रिट दर्ताको निवेदन दिइरहेका छन् ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया