गृहमन्त्री निवासमै पुगेर प्रचण्डद्वारा भेट, साथ दिन आग्रह

 पुष ६, २०७७ सोमबार १४:३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गर्नुभएको छ । थापालाई भेट्न प्रचण्ड गृहमन्त्री निवास पुल्चोक पुग्नुभएको हो । 

गृहमन्त्री थापा र अध्यक्ष प्रचण्डबीच केही बेर मात्रै कुराकानी भएको र अध्यक्ष प्रचण्डले ओलीको कदमको विरोध गरेर आफूलाई साथ दिन अनुरोध गरेको सचिवालयले जनाएको छ । गृहमन्त्री थापा प्रधानमन्त्री ओलीले बिहान बोलाएको आफू निकटको भेलामा पनि सहभागी हुनुभएको थिएन । त्यसअघि गृहमन्त्री थापाले आफू पक्षीय नेताहरूसँग परामर्श गरेको बुझिएको छ । 

साेमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका आफू पक्षीय सांसदलाई बालुवाटारमा बोलाउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षका सात जना मन्त्रीले आइतबार सामूहिक राजीनामा दिएका थिए । तर पूर्व माओवादीका तर्फबाट मन्त्री बनेका थापा र लेखराज भट्टले भने राजीनामा दिनुभएको छैन ।  

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया