प्रचण्ड–नेपाल पक्षका सांसदहरूको भेला बानेश्वरमा

 पुष ६, २०७७ सोमबार १४:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरमा सुरु भएको छ ।

बानेश्वरमा रहेको संसद् भवनमा सांसदहरु भेला भएका हुन् । भेलालाई अध्यक्ष प्रचण्ड र नेता नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि अध्यक्ष प्रचण्डले विज्ञप्ति निकालेर पार्टी एकताबद्ध रहेको दाबी गर्नुभएको छ । उहाँले प्रतिनिधि सभा भङ्ग गरी मध्यावधि चुनावमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने बताउनुभएको हो ।

सोमबार नै प्रधानमन्त्री केपी ओलीले आफ्ना पक्षका सांसदहरुको भेला बालुवाटारमा राख्नुभएको थियो । उहाँले दिउँसो तीन बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया