१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले गरेको कारबाहीको पत्र निर्वाचन आयोगमा पुगेको छ ।
आइतबारकाे बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो, त्यसको व्योहोरासहितको पत्र स्थायी कमिटीका सदस्य लिलामणि पोख्रेलले निर्वाचन आयोगमा जानकारी गराउनुभएको छ ।
पत्रमा ओलीले पार्टीको निर्णय विपरीत गैरसंवैधानिक काम गरेकाले कारबाही गरिएको उल्लेख छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र यसको जानकारी ७ गते मङ्गलबार बस्ने केन्द्रीय समितिको बैठकलाई गराउने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।