च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट विघटन भएको संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।
मन्त्रालयमा आयोजित औपचारिक बिदाइ कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अङ्गहरू स्वतन्त्र रहेको अवस्थामा संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गर्नुभएको हो ।
लोकतान्त्रिक प्रक्रियामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरूले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘यसलाई ट्र्याकमा ल्याउन मलाई विश्वास छ । यदि यो देशका संवैधानिक अङ्गहरू स्वतन्त्र छन् भने विवेक पुर्याउँछन् । त्यहाँका मान्छेहरू ठिक छन् भने । शतप्रतिशत भन्दा पनि बढी विश्वासका साथ भन्छु संसद् पुनःस्थापना हुन्छ । देशप्रति संविधानप्रति जवाफदेही छन् भने शतप्रतिशत संसद् पुनःस्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव गर्दा आफूहरूले रोक्ने धेरै प्रयास गरे पनि सम्भव नभएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानुन र संविधानको हिसाबले मेल खाँदैन । राजनीतिक हिसाबले राजनीतिक मूल्यलाई बोकेको छैन । जुनसुकै कारणले भए पनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटो पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो, गर्नुभयो । दुःखी छौँ ।’
भट्टराईको बिदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाकाटोपीका साथै फूलकाे गुच्छा र मायाको चिनो दिएका छन् । मन्त्रालयका अन्य कर्मचारी, युनियन कर्मचारी सङ्गठनका पदाधिकारीलगायतका व्यक्तिले समेत मन्त्री भट्टराईलाई स–सम्मान बिदाइ गरेका छन् ।
गएकाे आइतबारको विकसित राजनीतिक घटनाक्रम सँगसँगै मन्त्री भट्टराईले आइतबार नै आफ्नो राजीनामाकाे घोषणा गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।