च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल समूहले संसद् विघटनपछि चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् एवं कानुनविद्सँग छलफल गरेको छ ।
सिंहदरबारमा रहेको नेकपा संसदीय दलको कार्यालयमा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाललगायतका नेताहरुले संविधानविद् एवं कानुनविद्सँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभा विघटन गरेसँगै अब चाल्न सकिने संवैधानिक एवं राजनीतिक कदमका बारेमा उनीहरूले संविधानविद् एवं कानुनविद्सँग छलफल गरेका हुन् । नेकपाले संसद् विघटनलाई गैरसंंवैधानिक भन्दै यस कदमलाई अस्वीकार गरेको यसअघि नै जनाइसकेको छ ।
छलफलमा संविधानविद् एवं कानुनविद्हरूले प्रधानमन्त्रीले असंंवैधानिक कदम चाल्नुभएको र यसरी संसद् विघटन हुन नसक्ने धारणा राख्नुभएको छलफलमा सहभागी राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारीले बताउनुभयो ।
सांसद बिडारीले सांसदहरूले अझै सांसदको लोगो लगाउने, राष्ट्रपति समक्ष संसद् अधिवेशन बोलाउन माग गर्ने र अधिवेशन नबोलाए थप रणनीतिमा जाने पनि बताउनुभयो । छलफलमा संविधान एवं कानुनविद्हरू शम्भु थापा, प्रेमबहादुर खड्का, रमण श्रेष्ठ, मुक्ति प्रधान, चण्डेश्वर श्रेष्ठ र राधेश्याम अधिकारी सहभागी हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।