प्रचण्ड–नेपाल समूहद्वारा संसद् अधिवेशनको माग, १ सय १४ सांसदको हस्ताक्षर

 पुष ६, २०७७ सोमबार १७:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते चुनावको लागि स्वीकृति दिए पनि यो कदम गैर–संवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।

साेमबार संसद् भवन नयाँ बानेश्वरमा भएको दुई पक्षको सांसदहरूको भेलाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदम राष्ट्रघाती भएको उल्लेख गर्दै तत्काल संसद्को अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो ।

बैठकले संविधानबमोजिम संसद् बैठक बोलाउने समय भइसकेकोले संसद् अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानमा भएको प्रतिनिधि सभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरीत प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भूमरीतर्फ धकेल्ने गरी गरेको प्रतिनिधि सभाको विघटन प्रस्ताव र त्यसलाई सिफारिस गर्दा संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपतिसमेत त्यसतर्फ कुनै संवेदनशील नरहेको प्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वीकार गर्दछ । संविधान बमोजिम संसद्को अधिवेशन बोलाउनुपर्ने समय भइसकेकोले संसद्को अधिवेशन अविलम्ब आह्वान गर्न यो बैठक माग गर्दछ ।’

संसद् बैठक माग गर्दै प्रतिनिधि सभाका ९० जना र राष्ट्रिय सभाका २४ जना सांसदले हस्ताक्षर पनि गरेका छन् । यसको थप प्रक्रियाको लागि मङ्गलबार (भोलि) संसदीय दलको बैठक बोलाउने पनि दुई पक्षले निर्णय गरेका एक नेताले जानकारी दिएका छन् ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Binal Gurung

    Dec. 22, 2020, 7:05 a.m.

    Good..go ahead soon by rusticating Oli from NCP....

  •  0 Reply

तपाईको प्रतिक्रिया