रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – सीप सिक्न चाहनेहरुको लागि गण्डकी प्रदेशले निःशुल्क सीप तालिम सञ्चालन गर्ने भएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यावसायिक तथा सीप विकास तालीम केन्द्रले विभिन्न १४ प्रकारका तालीम सञ्चालन गर्न लागेको हो ।
प्लम्बिङ, विद्युत जडान, कपाल काट्ने, मोटरसाइकल मर्मत, सिलाइ कटाइ, ब्युटीपार्लर, बुटिक डिजाइनको तालिम दिइने छ । यस्तै एड्भान्स सिलाइ कटाइ, फेसन डिजाइन, डिप्लोमा ब्युटिपार्लर, कम्प्युटर हार्डवयर, मन्टेश्वरी तालीम र मिनी ट्याक्टर मर्मतको तालिम दिइने तालिम केन्द्रले जनाएको छ । १८ वर्ष उमेर पुगेका र ४० वर्ष ननाघेकाहरु तालिममा सहभागी हुन पाउनेछन् ।
तालिम लिन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति, फोटो एक प्रति र शैक्षिक योग्यताको प्रतिलिपि सहित पुस २० गतेभित्र आवेदन पेश गर्न सूचना प्रकाशन गरिएको छ । कोभिड १९ प्रभावित, वैदेशिक रोजगारीबाट फर्किएका, विपन्न, अपाङ्ग, शहीद परिवार, द्वन्द्व पीडित र एकल महिलालाई विशेष प्राथमिकता दिइने तालिम केन्द्रले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।