सानेपामा सर्वदलीय बैठक, बहुमत पुर्‍याएर ओलीको कदम फिर्ता गराउने रणनीति

 पुष ६, २०७७ सोमबार १७:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसद् विघटनपछिको अवस्थाको समीक्षा र रणनीति तय गर्न सर्वदलीय बैठक सुरु भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता सहभागी छन् ।

सर्वदलीय बैठकमा संसदमा बहुमत पुर्‍याएर अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीको गैरकानुनी कदम फिर्ताको रणनीति बनाउने नेकपाका एक नेताले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस र जसपाले यसअघि नै दलको बैठकमार्फत संसद् विघटनको विरोध गरिसकेका छन् ।  

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया