आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने र माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाउने निर्णय गरेको छ ।
काठमाण्डौको बबरमहलमा बसेको प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीको बैठकले ओलीले पार्टी आचरण र संविधान विपरित काम गरेकाले अध्यक्षबाट हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले उज्यालोलाई जानकारी दिएका छन् । बैठकले ओलीको ठाउँमा माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । पार्टीमा दुई जना अध्यक्ष रहने नेकपाको विधानअनुसार नेपाललाई अध्यक्ष बनाइएको एक केन्द्रीय सदस्यले बताएका छन् ।
बिहान बसेको प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटीको बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । यो निर्णयलाई केन्द्रीय कमिटीले पारित गरेको छ । केन्द्रीय कमिटीका चार सय ४७ सदस्यमध्ये तीन सय १० जनाले प्रचण्ड–नेपाल समूहको बैठकमा हस्ताक्षर गरेका छन् । आफूहरुको समूहमा दुई तिहाइ केन्द्रीय सदस्य रहेकाले ओलीले गरेका कुनै पनि निर्णयको वैधता नरहेको प्रचण्ड–नेपाल पक्षको दाबी छ ।
तर बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले ११ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ । यसको पत्र ओली पक्षले निर्वाचन आयोगलाई पनि पठाइसकेको छ ।
पार्टीका अध्यक्ष, महासचिव र माइन्युट आफूहरुसँगै रहेकाले प्रचण्ड–नेपाल समूहका कुनै पनि निर्णय नेकपाले नचिन्ने ओली पक्षका नेता प्रदीप ज्ञवालीले बताइ सक्नुभएको छ ।
बिहान भएको आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिले संसद् मात्रै विघटन भएको तर नेकपा विघटन नभएको र आफूले गरेको निर्णय नै मान्य हुने जिकिर गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।