आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले आफ्ना माग पूरा नगरेको भन्दै नेपाल चिकित्सक सङ्घसहित स्वास्थ्य क्षेत्रका १९ वटा सङ्घ–संस्थाले आन्दोलनको घोषणा गरेका छन् ।
सरकारले घोषणा गरेको सुविधा र कोरोना महामारीको बेलामा स्वाथ्यकर्मीको सुरक्षाको लागि पटक–पटक विभिन्न माग गरेको भए पनि बेवास्ता गरेकाले आन्दोलनमा जान बाध्य भएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मङ्सिर ७ गते १९ वटा स्वास्थ्य क्षेत्रका पेसागत तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन सङ्घ, सङ्गठनहरूबाट संयुक्त रूपमा १८ बुँदे ज्ञापन पत्रसहित २१ दिने अल्टिमेटम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समक्ष पेस गरी ध्यानाकर्षण गराइएकोमा अहिलेसम्म पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।
स्वास्थ्यकर्मीहरूले पहिलो चरणको आन्दोलनअन्तर्गत सात वटै प्रदेशमा रचनात्मक कार्यक्रम तथा स्वास्थ्यकर्मीहरूलाई जागरण गराउने र पुस १२ गते माइतीघर मण्डलामा मौन धर्ना दिने भएका छन् ।
सरकारले माग पूरा नगरे दोस्रो चरणमा कडा आन्दोलन गर्ने उनीहरूको भनाइ छ । यसबाट नागरिकमा पर्न जाने असुविधाप्रति नेपाल सरकार नै जिम्मेवार हुने उनीहरूको चेतावनी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।