कोरोनाविरुद्धको फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न सदस्य राष्ट्रहरुलाई ईयूको सिफारिस

 पुष ८, २०७७ बुधबार ६:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – युरोपेली सङ्घ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले आफू मातहतका २७ देशमा फाइजर–बायोएनटेकले बनाएको कोभिड–१९ विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ ।

‘युरोपियन मेडिसिन्स एजेन्सी’ (ईएमए)ले संयुक्त राज्य अमेरिका र बेलायतमा प्रयोगमा आइसकेको फाइजर–बायोएनटेकले बनाएको खोप ईयूका ४४ करोड ६० लाख मानिसमा प्रयोग गर्न सशर्त सिफारिस गरेको केही घण्टाभित्र नै युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको हो ।

धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा खोपको प्रयोग आवश्यक भएको र यसका लागि फाइजर–बायोएनटेकद्वारा निर्मित खोपलाई प्रयोग गर्न सिफारिस गरिएको ईएमएकी कार्यकारी निर्देशक इमा कुकले बताउनुभएको छ । खोपको प्रयोगका लागि स्वीकृति पाएसँगै ईयूका केही सदस्य देशहअरुमा अर्को आइतबारदेखि फाइजर–बायोएनटेकले बनाएको खोप वितरण गर्ने तयारी भैरहेको छ ।

ईयूका सदस्य राष्ट्रहरूमा अहिलेसम्म तीन लाख ११ हजार कोरोना संक्रमितको ज्यान गैसकेको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया