चितवन दुर्घटना अपडेट : ज्यान गुमाएका दुवै जनाको पहिचान खुल्यो
मंसिर १०, २०८१ सोमबार
जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिकाले एक आपसमा भगिनी सम्बन्ध जोडेका छन् ।
जुम्लामा एक कार्यक्रमकाबीच काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालबीच औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी साइनो स्थापना गरिएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्कीसहित आठ जनाको टोली जुम्ला आएर चन्दननाथ नगरपालिकासँग साइनो जोडेका हुन् ।
समझदारीपत्रमा हस्ताक्षर गर्दै महानगर प्रमुख शाक्यले दुई नगर क्षेत्र भित्रका संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास एवं प्रचार प्रसारमा सहकार्य गर्न आवश्यक भएको जानकारी दिनुभयो ।
मेयर शाक्यले प्रकृति र पर्यावरणको समुचित सन्तुलनबिना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य सञ्चालनका लागि साझेदारी गर्न भगिनी सम्बन्ध स्थापना गरिएको जानकारी दिनुभयो ।
उहाँले यस अघि काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको जानकारी दिनुभयो ।
भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायतका प्रांगारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदि विषयमा पनि सहकार्य गर्ने महानगरको आशा छ । चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्रोत साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भगिनी साइनोले सकारात्मक भूमिका खेल्ने र यहाँका विकास निर्माणमा पनि टेवा पुग्ने बताउनुभयो ।
भगिनी सम्वन्ध स्थापना गर्दै कामठमाडौँ महानगरपालिकाले डेढ करोड सहयोग गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको प्रशासकीय प्रमुख खढानन्द चौलागाईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।