सहयोगका लागि ओलीले गरेको प्रस्तावमा गृहमन्त्री थापा ‘सकारात्मक’

 पुष ८, २०७७ बुधबार १४:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ ।

बुधबार (आज) बिहान बालुवाटारमा भएको झण्डै एक घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री ओलीले थापालाई सहकार्यको प्रस्ताव गर्नुभएको थियो । 

‘दीर्घकालीन हित हुने गरी तपाईँले सोच्नुपर्‍याे, मैले के सहयोग गर्नुपर्छ, त्यसको लागि तयार छु’, ओलीको भनाइ उधृत गर्दै स्रोतले उज्यालोलाई बतायो । जवाफमा थापाले ओलीको प्रस्ताव सकारात्मक रहेको र आफूले छिट्टै निर्णय लिने बताउनुभएको पनि स्रोतले जानकारी दिएको छ । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद् भङ्ग भएपछि नेकपामा दुई टुक्रामा विभाजित भएको छ । तर सचिवालय सदस्यहरू वामदेव गौतम र रामबहादुर थापा तटस्थ बस्नुभएको छ । दुवै समूहले उहाँहरूलाई आफ्नो समूहमा ल्याउन पहल गरिरहेका छन् ।

मङ्गलबार (हिजो) र साेमबार (अस्ति)  प्रचण्डले गृहमन्त्री थापालाई निवासमै पुगेर सहकार्यको प्रस्ताव गरिसक्नुभएको छ ।

बुधबार (आज) भने ओलीले नै थापालाई फोन गरेर बालुवाटार बोलाउनुभएको थियो । थापालाई उहाँ पक्षीय केन्द्रीय सदस्यले ओलीको कदमलाई साथ नदिन आग्रह गरिसकेका छन् ।   

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया