नेपाल र एडीबीबीच २ सय मिलियन डलर सहुलियत ऋण तथा अनुदान सम्झौता

 पुष ८, २०७७ बुधबार १७:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र एसियाली विकास बैंक (एडीबी) बीच दुई सय मिलियन डलर बराबरको सहुलियत ऋण र अनुदानमा सम्झौता भएको छ । नेपालले एडीबीबाट एक सय ९० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणको लागि सम्झौता गरेको हो ।

सम्झौता भएको रकममध्ये एक सय ५० मिलियन डलर नेपालका विमानस्थलको क्षमता विस्तारमा खर्च हुनेछ । जसमा त्रिभुवन विमानस्थलको ट्याक्सी वे, ह्यांगर र एप्राेनको विस्तार हुनेछ ।

यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणमा पनि यो रकम खर्च गरिनेछ । 

यस्तै एडीबीले दिने ४० मिलियन डलरको सहुलियतपूर्ण ऋणबाट बाढी रोकथाम तथा प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक आयआर्जनका कार्यक्रम सञ्चालन हुनेछन् । यसै कामको लागि एडीबीले नेपाललाई १० मिलियन डलर अनुदान पनि दिने सम्झौता भएको छ ।

सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीका नेपाल मिसन प्रमुख रुदी लुइस हेन्ड्रुक्स भान्देलले हस्ताक्षर गर्नुभएको छ ।   

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया