ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ

 पुष ८, २०७७ बुधबार १७:३०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गर्न खोज्दा आर्थिक प्रलोभन देखाउन खोज्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । 

बुधबार ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा भेरीगङ्गा नगरपालिका १३ भेरी पुलको सडक खण्डमा जाँच गर्ने क्रममा कारबाही गर्न खोज्दा पैसा दिन खोजेपछि उनीहरुलाई प्रक्राउ गरिएको हो । प्रमुख आचार्यले चार जना चालक र दुई जना सहचालकलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा कैलालीका विवेक सिंह, अर्घाखाँचीका कलम पुन, चितवनका कृष्णबहादुर नेपाली, बाँकेका सुनील विश्वकर्मा, प्रमोद विक, सुर्खेतका कमल रजा छन् । उनीहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।  

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया