काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको राजीनामा गाउँपालिकाले स्वीकृत गरेको छ । गएकाे मङ्सिर २९ गते गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई दिएको राजीनामा स्वीकृत भएको हो ।
२० दिन अगाडि दिइएको राजीनामा आइतबार (आज) स्वीकृत भएको हो । उपाध्यक्ष विष्टको राजीनामा शुक्रबार स्वीकृत भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । राजीनामा दिएपछि नेपाली कांग्रेसबाट जितेका वडाध्यक्ष र नेकपाबाट जितेका कार्यपालिकाका सदस्यहरूले गाउँपालिकाको कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी दिएपछि राजीनामा स्वीकृत भएको उहाँकाे भनाइ छ ।
कांग्रेस र नेकपाका कार्यपालिकाका सदस्यहरूले उपाध्यक्ष विष्टले दिएको राजीनामा सार्वजनिक गर्न माग गरेका थिए । राजीनामाको विषयमा जानकारी नदिएमा कार्यपालिकाको बैठक नै बस्न नदिने भएपछि राजीनामा स्वीकृत गर्न बाध्य भएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
तर गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले भने आफूले अध्यक्षलाई राजीनामा नबुझाएकाे बताउनुभएको छ । अहिले पनि आफू गाउँपालिकाको कार्यालयमा काम गर्दै गरेको जानकारी दिँदै उहाँले राजीनामा नदिएको बताउनुभयो ।
गएकाे शुक्रबार अपराह्न ५ बजेपछि दुई जना कर्मचारीले राजीनामा दर्ता गरेको भन्ने कुरा आफूले बुझेको उहाँकाे भनाइ छ । तर आफूले राजीनामा नै नदिएको उपाध्यक्ष विष्टले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।