चीनका ४ सहरमा लकडाउन, महिनौँपछि कोरोना सङ्क्रमण दरमा वृद्धि

 पुष २९, २०७७ बुधबार १५:४३:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनमा पाँच महिनाभन्दा लामो समयपछि एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् । योसँगै कोरोनाको अर्काे लहरबाट बच्न चीनले चार वटा सहरमा लकडाउन लागू गरेको छ, परीक्षण बढाएको छ र अरू कदम पनि उठाएको छ । 

थपिएका सङ्क्रमितमध्ये धेरै राजधानी बेइजिङ नजिकका छन् । बुधवार जारी गरिएको आधिकारिक तथ्याङ्कअनुसार उत्तर–पूर्वी चीनको एक प्रान्तमा पनि सङ्क्रमणको दर बढेको देखिएको छ । सङ्क्रमण दर बढेपछि दुई करोड ८० लाख भन्दा धेरै नागरिकलाई होम क्वरेण्टीनमा राखिएको छ । 

नेशनल हेल्थ कमिसनले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘चीनमा एक सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ, एक दिनअघि ५५ जनामा सङ्क्रमण देखिएको छ । गएको ३० जुलाईपछि एकैदिन यति धेरै सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।’

कमिसनका अनुसार एक सय सात जनामा समुदायस्तरबाटै सङ्क्रमण भएको छ, ९० जना बेइजिङ नजिकको हिबे प्रान्तका र उत्तर–पूर्वी हेलुंगजंग प्रान्तमा १६ जना छन् ।  

हिबेको तीन सहरमा लकडाउन लगाइएको छ । बेइजिङ सहरको प्रशासनले स्क्रिनिङ र सङ्क्रमण फैलिन नदिन कडा कदम चालेको छ ।  

हेलुंगजंग प्रान्तले बुधबार कोभिड–१९ आपत्काल घोषणा गरेको छ । प्रान्तीय राजधानी हार्बिनको सीमा नजिकको सुहुआ सहरले आफ्ना पाँच लाख २० हजार नागरिकका लागि लकडाउन लगाएको छ ।  

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया