चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि प्रदर्शनमा

 माघ ११, २०८१ शुक्रबार ११:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चलचित्र ‘केटी हराएको सूचना’ आजदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । दीपेन्द्र गौचनको लेखन र निर्देशन रहेको यो चलचित्रले फरक संस्कृतिमा आधारित प्रेमकथा र त्यसले निम्त्याउने सामाजिक चुनौतीलाई उजागर गरेको छ ।

चलचित्रको कथा मधेशी समुदायकी एक केटी र पहाडी समुदायका केटाबीचको प्रेम सम्बन्धमा आधारित छ । सामाजिक सञ्जालमार्फत जोडिएका यी दुई पात्रले फरक संस्कृतिमा आधारित समाजका विभिन्न चुनौती र उतारचढावको सामना गर्नुपर्दा आउने परिस्थितिहरूलाई कथाको केन्द्रबिन्दु बनाइएको छ ।

चलचित्रमा नाजिर हुसेनको मुख्य भूमिकासँग सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, अर्जुन पोखरेललगायतको अभिनय रहेको छ । अमितेष शाहको विशेष भूमिका समेत रहेको यस चलचित्रमा कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकको मन जित्ने विश्वास निर्माण टिमले लिएको छ ।

चलचित्रको छायाँकन अमर महर्जनले गरेका छन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् । चलचित्रको संगीत दीपेन्द्र गौचन, प्रवेश मल्लिक, र करुण थापाले तयार पारेका छन् ।

‘केटी हराएको सूचना’ ट्राई सिटी पिक्चर्सको प्रस्तुति हो । चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । कार्यकारी निर्माता नकिम उद्दिनले यो चलचित्र निर्माणमा योगदान गरेका छन् ।

चलचित्रले प्रेम, सामाजिक अन्याय, सांस्कृतिक विभाजन, र सहअस्तित्वको सन्देशलाई कलात्मक रूपमा समेटेको छ । यसले समाजमा जातीय तथा सांस्कृतिक विभाजनले प्रेम सम्बन्धमा ल्याउन सक्ने चुनौतीलाई देखाउँदै सकारात्मक संवादको शुरूवात गर्ने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: माघ ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया