आत्मनिर्भर, व्यावहारिक शिक्षामा सरकारकाे प्राथमिकता : प्रधानमन्त्री

 जेठ १६, २०७५ बुधबार १६:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं, जेठ १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रले समृद्ध नेपाल निर्माणका लागि आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औँ अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “आधुनिक, रोजगारमूलक, आत्मनिर्भर, व्यावहारिक र समाजोपयोगी शिक्षाका लागि सरकारले प्राथमिकता दिएको छ ।” 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्नातक उत्तीर्ण गरेको छ तर केही गर्न सक्दैन, त्यस्तो हुनुहुँदैन, शिक्षाले त्यस्तो जनशक्ति निर्माण गरोस्, जसले समृद्ध नेपाल निर्माणमा योगदान दिन सकोस्, विद्यार्थीको चाहनाअनुसारको शिक्षा नदिएमा ऊ सफल हुँदैन, विद्यार्थी सफल नभए समृद्ध नेपाल बन्दैन ।” 

उहाँले सरकारमा रहने र नरहने सबै दल एकजुट भएर राष्ट्र निर्माणका लागि अघि बढ्नुपर्नेमा जोड दिँदै सरकारको बजेट ‘हावादारी’ नभई यथार्थमा आधारित रहेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया